टुडिखेलमा फुटबल जारी, आज ९ खेल सम्पन्न
पाेखरा | भदौ ४, २०८१
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका आज (मंगलबार) ९ खेल सम्पन्न भएका छन् ।
सेडुअल अनुसार १२ खेल हुने भनिएपनि प्रतिकुल मौसमका कारण ९ खेलमात्रै सम्पन्न भएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।
उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा आज भएको पहिलो खेलमा क्याफे क्यामेलिया टिम एले छोरेपाटनलाई ३–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै दोस्रो खेलमा क्याफे क्यामेलिया टिम बिले नयाँगल्लीलाई २–१ गोल अन्तरले हरायो ।
तेस्रो खेलमा कस्केरी टोलले पोखरा म्युजिकल हाउसलाई ३–० गोल अन्तरले पराजित गर्यो
भुजुङ युथ क्लब र मार्सल युथ क्लबबीच भएको चौंथो खेल गोलरहित भएपछि टाइब्र्रेकरमा मार्सलले २–० गोल अन्तरले जित हाँसिल गर्याे ।
यस्तै कमल पोखरी र मिक्की एफसीबीच भएको पाँचौ खेलपनि १–१ को बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा कमलपोखरीले ३–२ गोल अन्तरले जित निकाल्दै कमलपोखरी अघिल्लो चरणमा प्रवेश गर्याे ।
छैटौं खेलमा गेमशालाले माछापुच्छ्रेलाई १–० हरायो ।
सातौं खेलमा ब्याम्बो एफसीलाई क्रस एफसीले ५–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।
आठौ खेलमा केआइइसी बुनले वल्ड हाउसलाई २–० गोलले पराजित गर्दै बुन अघिल्लो चरणमा प्रवेश गर्याे ।
आज भएको अन्तिम खेलमा मिलन टोलले अम्र्या कन्स्ट्रक्सनलाई २–० गोल अन्तरले हरायो ।
अब बुधबार पनि ११ वटा खेलहरु सञ्चालन गरिने थपलियाले बताए । उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।
उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।
यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।
प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

