टुडिखेलमा फुटबल जारी, आज ९ खेल सम्पन्न
पाेखरा | भदौ ४, २०८१
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका आज (मंगलबार) ९ खेल सम्पन्न भएका छन् ।
सेडुअल अनुसार १२ खेल हुने भनिएपनि प्रतिकुल मौसमका कारण ९ खेलमात्रै सम्पन्न भएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।
उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा आज भएको पहिलो खेलमा क्याफे क्यामेलिया टिम एले छोरेपाटनलाई ३–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै दोस्रो खेलमा क्याफे क्यामेलिया टिम बिले नयाँगल्लीलाई २–१ गोल अन्तरले हरायो ।
तेस्रो खेलमा कस्केरी टोलले पोखरा म्युजिकल हाउसलाई ३–० गोल अन्तरले पराजित गर्यो
भुजुङ युथ क्लब र मार्सल युथ क्लबबीच भएको चौंथो खेल गोलरहित भएपछि टाइब्र्रेकरमा मार्सलले २–० गोल अन्तरले जित हाँसिल गर्याे ।
यस्तै कमल पोखरी र मिक्की एफसीबीच भएको पाँचौ खेलपनि १–१ को बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा कमलपोखरीले ३–२ गोल अन्तरले जित निकाल्दै कमलपोखरी अघिल्लो चरणमा प्रवेश गर्याे ।
छैटौं खेलमा गेमशालाले माछापुच्छ्रेलाई १–० हरायो ।
सातौं खेलमा ब्याम्बो एफसीलाई क्रस एफसीले ५–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।
आठौ खेलमा केआइइसी बुनले वल्ड हाउसलाई २–० गोलले पराजित गर्दै बुन अघिल्लो चरणमा प्रवेश गर्याे ।
आज भएको अन्तिम खेलमा मिलन टोलले अम्र्या कन्स्ट्रक्सनलाई २–० गोल अन्तरले हरायो ।
अब बुधबार पनि ११ वटा खेलहरु सञ्चालन गरिने थपलियाले बताए । उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।
उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।
यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।
प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

